गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार जना नेपालीको मृत्यु

User Image Prime TV News एक महिना अगाडि
Image of गोवास्थित नाइट क्लबमा भएको आगलागीमा चार जना नेपालीको मृत्यु

काठमाडौ । आइतबार बिहान गोवास्थित एक नाइट क्लबमा भएको भयानक आगलागीमा २५ जनाको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये चार नेपाली नागरिक रहेको बताईएको छ ।

मृतकमध्ये ५ जना पर्यटक थिए भने बाँकी २० जना नाइट क्लबका कर्मचारी थिए। पर्यटकमध्ये ४ जना दिल्लीका सरोज जोशी, अनिता जोशी, कमला जोशी, विनोद कुमार र एक जना कर्नाटकका इशाक रहेका छन्।

नाइट क्लबको स्टाफमा मृत्यु हुनेमध्ये नेपालका चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीप रहेको बताईएको छ । त्यस्तै उत्तराखण्डका पाँच, महाराष्ट्रका दुई, उत्तर प्रदेशका दुई, झारखण्डका तीन, असमका तीन र पश्चिम बंगालका एक जनाको मृत्यु भएको छ।

नेपाली मृतकहरूको ठेगाना अहिलेसम्म सार्वजनिक गरिएको छैन। आगलागीको कारण अहिलेसम्म निश्चित भइसकेको छैन। प्रारम्भिक अनुमान अनुसार आगो फैलिनु र सुरक्षा निकासीको अभाव मुख्य कारण हुन सक्ने बताइएको छ। गोवास्थित आपत्कालीन टोली र स्थानीय प्रहरीले घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य जारी राखेका छन्।