ओलीका कारण पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भयो: कर्ण थापा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको औंल्याउँदै अब पार्टी यसरी चल्न नसक्ने बताएका हुन्। थापाले भने, “केन्द्रीय कमिटीका बैठक भनेको अध्यक्ष उभिने, भाषण गर्ने मात्र हो। जे मन लाग्छ त्यति कुरा गर्ने। उहाँले भनेको कुरा मार्क्सवाद, जबज, निर्णय हो। तर यो बहुदलीय जनवाद, द्वन्द्ववाद वा मार्क्सवादसँग मेल खाँदैन।”
उनले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको तर अब परिवर्तन आवश्यक भएको बताए। थापाले थपे, “हामी बहस गर्न चाहन्छौं, तर्क–वितर्क गर्न चाहन्छौं र देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं।”
पार्टी रुपान्तरणका एजेण्डामा छलफल गर्न ओली तयार नदेिखएको बताए ।












