व्यक्तिवाद र केन्द्रीकृत प्रवृती पार्टीभित्र बढ्दै गएको छ : एमाले नेता पाण्डे

User Image Prime TV News एक महिना अगाडि
Image of व्यक्तिवाद र केन्द्रीकृत प्रवृती पार्टीभित्र बढ्दै गएको छ : एमाले नेता पाण्डे

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र व्यक्तिवाद र केन्द्रीकृत नेतृत्व बढ्दै गएको बताएका छन्।

एघारौं महाधिवेशनको अन्तर संवादमा उनले भने, “यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई केही व्यक्तिको निर्णयले मात्र चलाउने अवस्था विकसित हुँदै गएको छ, जसले पार्टीलाई जनताको बीचमा साँघुरिने, खुम्चिने र आइशोलेशनमा पुर्याइरहेको छ।”

पाण्डेले नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा नपाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा संलग्न हुन इच्छुक नहुने वढेको बताए । उनले पार्टी विस्तार र नवपुस्तासम्म पहुँच सुनिश्चित गर्न आवश्यक सुधारको आवश्यकता रहेको समेत औंल्याए।

नेता पाण्डेले सुधारका लागि कानुनी र संवैधानिक माध्यम प्रयोग गर्नुपर्ने र विशेषगरी एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नहुनुपर्ने व्यवस्था कानुनमा राख्नुपर्ने बताए। उनले भने, “यो समस्या पुराना पार्टीमा मात्र नभएर नयाँ बनेका पार्टीहरूमा पनि देखिएको छ। अहिलेका नेतृत्व छाड्न चाहँदैनन्।”

साथै उनले अहिले एमाले पार्टी रुपान्तरणकालागि नेतृत्व समेत परिवर्तनको लागि उपयुक्त समय भएको बताए ।