एमालेको प्रणालीगत सुधारका लागि ईश्वर पोखरेलको उम्मेदवारी : एमाले उपाध्यक्ष ज्ञवाली

User Image Prime TV News २ महिना अगाडि
Image of एमालेको प्रणालीगत सुधारका लागि ईश्वर पोखरेलको उम्मेदवारी : एमाले उपाध्यक्ष ज्ञवाली

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली लागू गर्न र नयाँ नेतृत्वतर्फ जानुपर्ने आवश्यकताबारे स्पष्ट संकेत दिएका छन्।

ईश्वर पोखरेल समूहले आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले भने, “सामूहिक नेतृत्व नै लोकतन्त्रको उन्नत विशेषता हो। यसबिना पार्टी सुदृढ, बलियो, टिकाउ र सफल हुन सक्दैन।”

ज्ञवालीले ११ औँ महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवारको रूपमा अघि सार्नुको उद्देश्य एमालेमा प्रणालीगत सुधार गर्नु हो। उनले पार्टीमा अहिले नेता प्रधान प्रणाली लागू भएको प्रति असन्तुष्टि व्यक्त गर्दै, “नीतिका आधारमा देश र पार्टी चल्नुपर्छ, त्यसैले हाम्रो नेता फेर्न चाहन्छौँ। आलोचना विनाको पार्टीमा डेमोक्रेसी हुँदैन,” भने।

उपाध्यक्ष ज्ञवालीले अध्यक्ष ओलीको कार्यकालमा राम्रा र नराम्रा दुवै काम भए पनि नराम्रा पक्षको आत्मसमीक्षा नभएको र भ्रष्टाचार विरोधी मागहरू समर्थन गर्नुपर्ने बताए। तर, उनले २४ गते जेनजी नाममा भएको विध्वंसलाई अस्वीकार गर्नुपर्ने स्पष्ट पारे।

साथै, ज्ञवालीले पार्टी नेतृत्वले सरकारको कार्यकालमा भएको क्षति अनुसन्धान नगरी विदेशी षडयन्त्रको आरोप लगाएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे