नेकपाले काठमाडौंमा एकता सन्देशसभा आयोजना गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपाले काठमाडौंमा एकता सन्देशसभा आयोजना गर्दै

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देशसभा आयोजना गर्ने भएको छ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले सभासम्बन्धी निर्णय गरेको हो । पार्टीले यसअघि पनि विभिन्न प्रदेशमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ। सुदूरपश्चिममा मंसिर १२, लुम्बिनीमा १३, गण्डकीमा १४, कोसीमा १५, र मधेस प्रदेशमा मंसिर २० मा सभा आयोजना भएको थियो।

पार्टीले एकता सन्देशसभामार्फत आन्तरिक संगठन मजबुत पार्ने र आगामी राजनीतिक रणनीतिका बारेमा जानकारी दिने उद्देश्य राखेको बताएको छ।