निर्वाचनपछि आफ्नै पार्टीको सरकार गठन हुन्छ: मेयर साम्पाङ
Prime TV News २ महिना अगाडि 
काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका सभापति हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्ने र सरकार गठन गर्ने दाबी गरेका छन्।
काठमाडौंको सिफलमा आयोजित सभामा उनले भने, “हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं। कुनै शंका छैन।” साम्पाङले यस योजना आफ्नो पार्टीको घोषणापत्रमा स्पष्ट उल्लेख गरिएको पनि बताए।
उनले आगामी सरकारले जनजाती (जेनजी) आन्दोलनको माग सम्बोधन गर्न आयोग गठन गर्ने योजना रहेको जानकारी दिए। साम्पाङले भने, “जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्छ। ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?”
साम्पाङका अनुसार, आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले देशको अग्रगामी विकास र छलाङ मार्ने योजना ल्याउने समेत दावी गरे । साथै उनले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्।
नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको पनि साम्पाङको भनाई छ ।












