जेनजी आन्दोलनमा फाउन्डेसनको संलग्नता छैन


काठमाडौ । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको छ । फाउन्डेसनले जेनजी आन्दोलनका बिषयमा हामी नेपाल नामक संस्थासंगको सम्वन्धवारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।
कोभिड महामारीको वेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसंग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले जनाएको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइतले आग्रह गरे । उनले गत एक बर्षदेखि हामी नेपाल नामक संस्थासंग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको दावी गरे ।
आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने बिषयमा कुनै सत्यता नरहेको पनि अध्यक्ष डा रुइतको भनाई थियो । आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको जनाएको छ ।
हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ ।