एमाले महाधिवेशन : ईश्वर पोखरेल समूहले अवधारणापत्र बुझायो, अध्यक्षमा दाबी बलियो बनाउँदै ( पूर्णपाठ सहित )

User Image Prime TV News २ महिना अगाडि
Image of एमाले महाधिवेशन : ईश्वर पोखरेल समूहले अवधारणापत्र बुझायो, अध्यक्षमा दाबी बलियो बनाउँदै ( पूर्णपाठ सहित )

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पार्टीको ११औँ महाधिवेशन लक्षित अवधारणापत्र सोमबार च्यासलस्थित पार्टी मुख्यालयमा बुझाएको छ।

पोखरेल समूहका नेताहरू उपस्थित रहेको कार्यक्रममा ईश्वर पोखरेलले तयार पारिएको अवधारणापत्र महासचिव शंकर पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरे। संगठन बलियो बनाउने, आगामी राजनीतिक दिशानिर्देशन र नेतृत्व चयनका विषय समेटिएको उक्त अवधारणापत्रले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।

ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी घोषणा गरिसकेकाले, उनी नेतृत्वमा तयार पारिएको अवधारणापत्रलाई अध्यक्ष दौडको तयारीको रूपमा व्याख्या गरिएको छ। एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका निर्धारण गरिएको छ ।

अब हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै एमालेको आगामी पाँच वर्षको मार्गचित्र तय हुने छ ।