निर्वाचन र सुशासन कायम गर्न वर्तमान सरकारको ध्यान केन्द्रीत छ : गृहमन्त्री अर्याल

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन र सुशासन कायम गर्न वर्तमान सरकारको  ध्यान केन्द्रीत छ : गृहमन्त्री अर्याल

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत सरकारको ध्यान केन्द्रीत भएको बताएका छन् ।

१७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भएपनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रीत भएको बताए ।

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सवैले सहयोग गर्न उनले आग्रह गरे । जेनजी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरुको आशालाई पुरा गर्ने प्रयास गरिहरको बताए ।

मानवअधिकार आयोग लगाएतका सवैधानिक आयोगहरुको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रुपमा लिएर काम गर्ने प्रतिवद्धता मन्त्री अर्यालले गरे । साथै संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सवैको मानवअधिकारलाई सुनिश्चित गरि अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको पनि मन्त्री अर्यालको भनाई थियो ।