उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान

User Image Prime TV News २ महिना अगाडि
Image of उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले निर्णय सार्वजनिक गरेका हुन्। मूल्यसँगै प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णयसमेत भएको छ।

यसै बैठकले जेनजी आन्दोलन क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई राहत तथा सहयोग उपलब्ध गराउने कार्यविधि २०८२ स्वीकृत गरेको छ। घाइतेहरूले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने सुनिश्चितताप्रति राज्य प्रतिबद्ध रहेको बताइए पनि कार्यान्वयन सुस्त भयो भने त्यो संवेदनशील मुद्दामाथिको औपचारिकता मात्र बन्न सक्छ।

बैठकले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली (दोस्रो संशोधन) समेत अनुमोदन गरिएको प्रवक्ता खरेलले स्पष्ट पारिएका छन्।

साथै मन्त्रिपरिषद्ले १० जिल्लाबाट पहिचान गरिएका ९४ हजार ५२७ गरीब परिवारको सूची स्वीकृत गरेको छ।