तपाईको आजको राशिफल

User Image Prime TV News २ महिना अगाडि
Image of तपाईको आजको     राशिफल

मेधासि देवि विदिताखिलशास्त्रसारा दुर्गासि दुर्गभवसागरनौरसङ्गा ।
श्रीः कैटभारिहृदयैककृताधिवासा गौरी त्वमेव शशिमौलिकृतप्रतिष्ठा ।।

देवी जसको समस्त शास्त्रहरुको सार ज्ञान हुनुहुन्छ, उहाँ मेधा शक्ति हुनुहुन्छ । दुर्गम भवसागरवाट उतार्ने भएकी नौका रुप दुर्गा देवी पनि हजुर नै हुनुहुन्छ हजुरलाई कही पनि आसक्ति छैन, कैटभका शत्रु भगवान विष्णुको वक्षस्थलमा एक मात्र निवास गर्ने भएकी भगवती लक्ष्मी तथा चन्द्रशेखरद्वारा सम्मानित गौरी देवी हजुर नै हुनुहुन्छ ।

आजको पञ्चाङ्ग । सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषकृष्णपक्ष पञ्चमी तिथि तिष्य नक्षत्र मंसिर महिनाको २३ गते आज सोमवार तदनुसार ९ डिसेम्वर २०२५ कौलव करण प्रवद्र्द योग, कर्कट राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५७ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ४४ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ७ मिनेट साझमा रहेको छ ।

अब, आजको राशिफल ।

मेष:- आज जिम्मेवारी प्राप्त भएपनि उपलब्धिका लागि केही प्रतिक्षा गर्नु होला छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउ सक्नेछ । अवसर आएपनि काममा हात हाल्नु अघि विचार पुर्याउनु होला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका कार्यहरु बन्नेछन् । मध्यान्ह देखि साथीभाई सँग सन्तुलित व्यवहार गर्नु होला आफन्तहरु पनि टाढिन सक्छन् । चिताएको कार्य विग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठयारो पार्न सक्छ । कुनै शुभ कार्यगर्दा गणशको आराधनाबाट सफलता मिल्नेछ ।

बृष:- आज आफ्नो व्यवहारले अरुलाई आकर्षण गर्न सकिने समय रहेको छ । मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला तर जिद्दी बानीले पहिलेकै काम दोहोर्याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना देखिन्छ । स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ । आफ्नो गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउने देखिन्छ ।

मिथुन:- आज अरुको बारेमा चासो र।ख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त होला आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला साथै बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ । विष्णुको आराधना गरेर कामगर्दा दिन राम्रो रहेका छ ।

कर्कट:- आज विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सबारी साधन चलाउदा भने ध्यान दिनु होला ।

सिंह:- आज सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्ष समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला तर विद्यर्थीवर्गलाइ भने आज समानन्य रहेको छ ।

कन्या:- आज हतारमा आत्तिने बानीले काम विग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला । आफूले बोलेको बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने देखिन्छ मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ स्थायी सम्पतिमा पनि विवाद आउन सक्ने सम्भावना देखिन्छ अध्ययनको लगनशीलताले सोचे जस्तो परिणाम पनि नआउला । परिवारजनले दिइएका कुराहरुलाई सोच विचार गरेर अघि बढनु उपयुक्त हुनेछ । उपब्धिका लागि केही समय प्रतिक्षा गर्नुहोला ।

तुला:- आज हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएको कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले आज सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।

बृश्चिक:- आज अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला आफ्नै बेहोसिले नोक्सान पुर्याउलां फजुल खर्च पनि बढ्न सक्छ कार्य दोहोर्याउने स्थिति आउने देखिन्छ । चुनौतीहरु पन्छाउदै रोकिएका कार्य बनाउन सकिनेछ । बौद्धिकताको उपयोगले लक्ष्य भने पहिल्याउन सकिनेछ समयको गतिलाई पछयाउने प्रयत्न गर्नुहोला । अपरिचित व्यक्तिको सम्पर्कवाट सतर्क रहनु होला । ठूलो समारोहमा सरिक हुने अवसर मिल्नुका साथै मान्यजनवाट आशीर्वाद मिल्न सक्ने देखिन्छ । 

धनु:- आज मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

मकर:- आज व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहोर्याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न हुने छ त्यसैले जीवनमा परिवर्तन ल्याउन सकिने छ । प्रतिद्वन्द्वीहरु पछि पर्ने छन् । बिद्यथीैलाइ भने आजको दिन राम्रो रहेको छ ।

कुम्भ:- आज पहिलेको सफलताले हौसला जगाउने छ साथै आफ्नो कमजोरीलाई सुधार गर्ने मौका पनि मिल्नेछ मनग्गे धन आर्जनको समय रहेको छ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला । आफ्नो व्यक्तित्वमा आफ्नै कार्यशैलीले निखारता ल्याउने छ भने नयाँ कामको प्रस्ताव आउने छ तर भौतिक साधनको कमीले भने अपठयारो पार्न सक्छ । धेरैले आफ्नो कामको प्रशंसा गर्ने छन् ।

मीन:- आज मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको समय रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

-ज्यो घटराज निरौला