सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स बीच भिडन्त हुँदै

User Image Prime TV News २ महिना अगाडि
Image of सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स बीच भिडन्त हुँदै

काठमाडौ । नेपाल प्रिमियर लिग दोस्रो सिजन अब निर्णायक मोडमा पुगेको छ। आज देखि सुरु हुने क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स बीच भिडन्त हुँदैछ।

खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजेबाट सुरु हुने छ। यो खेल दुवै टोलीका लागि जीत्नै पर्ने दवाबमा छन् ।

विजेता सीधै फाइनलमा पुग्नेछ भने, पराजितले एक मौका खोज्दै इलिमिनेटर विजेतासँग भिड्नु पर्ने छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम रोयल्स उभिएको छ। जसमा विनोद भण्डारी,आरिफ शेख, क्रिस लिनले साथ दिएका छन्।

त्यस्तै विराटनगर किङ्ग्स कप्तान सन्दीप लामिछानेको कमाण्डमा उतर्दैछ । मर्चेन्ट डी लाङ र शुभम् सुवास रन्जाने जसले सुदूरपश्चिमका ब्याट्सम्यानलाई सजिलै काबुमा राख्न सक्छन् । ब्याटिङतर्फ बसिर अहमद, लोकेश बम, मार्टिन गप्टिल र फाफ डु प्लेसिस छन् ।