चीनले इतिहासमै पहिलोपटक एक ट्रिलियन अमेरिकी डलरको ब्यापार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । चीनले इतिहासमै पहिलोपटक वार्षिक व्यापार अधिशेष एक ट्रिलियन अमेरिकी डलर नाघेको छ।
चीनको जनरल एडमिनिस्ट्रेसन अफ कस्टम्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, वर्षका पहिलो ११ महिनासम्म चीनको वस्तु व्यापार सरप्लस १.०८ ट्रिलियन डलर पुगेको छ।
नोभेम्बरमा मात्र निर्यात वार्षिक रूपमा ५.९ प्रतिशतले वृद्धि भई अधिशेष उचालेको हो, जबकि अघिल्लो महिनामा यो सूचकांक घटेको थियो। अमेरिकासँगको व्यापारमा २८.६ प्रतिशतको गम्भीर गिरावट आएसम्म पनि चीनले वैकल्पिक बजार विस्तार गरी घाटाभन्दा बढी लाभ लिन सफल भयो।
ट्रम्प प्रशासनको दोस्रो कार्यकालमा ट्यारिफ–युद्ध भएको थियो । जसले चिनियाँ निर्यातदारलाई बजार विविधीकरणतर्फ धकेल्यो। तर यो विस्तार नै अब चीनलाई समस्या निम्त्याइरहेको छ।
युरोपेली देशहरू चीनको बढ्दो अधिशेषप्रति असन्तुष्ट छन् । विशेषगरि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले यदि आगामी महिनाहरूमा यो असन्तुलन घटेन भने युरोप पनि अमेरिकाकै शैलीमा शुल्क लगाउन बाध्य हुने स्पष्ट चेतावनी दिएका छन् ।
नोभेम्बरमा चीनको कुल व्यापार अधिशेष ४१११.६८ अर्ब डलर पुगेको छ । जुन अघिल्लो महिनाको ४९०.०७ अर्ब डलरभन्दा एकदमै बढी हो तथा विश्लेषकहरूले गरेको पूर्वानुमान पनि पार गरेको छ।












