गोवाको नाइटक्लबमा भएको आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

User Image Prime TV News एक महिना अगाडि
Image of गोवाको नाइटक्लबमा भएको आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

काठमाडौ । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।  

नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बताए ।

थापाका अनुसार मृत्यु हुनेमा चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोरा रहेका छन् । पाँचै जना त्यही नाइटक्लबमा काम गर्दै आएका थिए। सो आगलागीमा २५ जनाको मृत्यु भएको छ ।

शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ ।