गोवाको नाइटक्लबमा भएको आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

User Image Prime TV News २ महिना अगाडि
Image of गोवाको नाइटक्लबमा भएको आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

काठमाडौ । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।  

नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बताए ।

थापाका अनुसार मृत्यु हुनेमा चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोरा रहेका छन् । पाँचै जना त्यही नाइटक्लबमा काम गर्दै आएका थिए। सो आगलागीमा २५ जनाको मृत्यु भएको छ ।

शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ ।