रतुवा–केशलिया ६ किलोमिटर सडक निर्माणको ठेक्का तोडियो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । हुलाकी राजमार्गको मोरङ खण्ड अन्तर्गत रतुवा–केशलिया ६ किलोमिटर सडक निर्माणको ठेक्का तोडिएको छ ।
योजना कार्यालय इटहरीले मंगलबार सूचना प्रकाशित गर्दै श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि, हेटौँडासँग २०७६ कात्तिक २३ मा भएको ठेक्का सम्झौता आधिकारिक रूपमा रद्द गरेको जानकारी दियो।
८३ करोड ९९ लाख रुपैयाँ (करसहित) को ठेक्का अनुसार सडक तीन वर्षभित्र स्तरोन्नति पूरा गर्नुपर्ने थियो। तर २०७९ कात्तिकसम्म पूरा गर्नुपर्ने काम केवल २५ प्रतिशत मात्रै काम भएपछि सरकारले ठेक्का तोडेको हो । दुई पटक म्याद थपिदा पनि निर्माण सुस्त, साइट खाली र प्रतिबद्धता टुट्यो।
बारम्बार ताकेता, पत्रचार र स्पष्टीकरण मागिँदा पनि ठोस कार्य योजना पेश नभएको योजनाकार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । अब ठेक्का रद्दसँगै ४ करोड १९ लाख कार्यसम्पादन जमानत र ९ करोड ६७ लाख पेश्की रकम जफत गरिने निर्णय भइसकेको छ ।













