सुनको मूल्य घट्यो भने चाँदीको दर वृद्धि

User Image Prime TV News २ महिना अगाडि
Image of सुनको मूल्य घट्यो भने चाँदीको दर वृद्धि

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको दर वृद्धि भएको छ।

महासंघले सार्वजनिक गरेको दरअनुसार छापावाला सुन प्रतितोला १,००० रुपैयाँले घटेर आज २,५१,९०० रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन सोमबार सुन २,५२,९०० रुपैयाँमा कारोबार भएको थियो। केही दिनयतादेखि उतार चढावमै रहेको सुनको मूल्य मंगलबार ओरालो लागेको हो।

सुनमा गिरावट देखिए पनि बजारमा चाँदीको मूल्य भने बढेको छ। सोमबार ३,५८५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३,६०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यसअनुसार चाँदी आज १५ रुपैयाँले महँगिएको हो। अन्तर्राष्ट्रिय मूल्यको प्रभाव, अमेरिकी डलरको चलसचलनका कारण सुन–चाँदीमा दैनिक उतारचढाव आइ रहेको छ ।