राप्रपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
राजा, जेनजी र राजनीतिक दलबीच वार्ताको माग गर्दै राप्रपाले दबाबस्वरुप प्रदर्शन गर्न लागेको हो । आन्दोलन परिचालन समितिको संयोजकमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकिएको छ ।साथै आन्दोलन परिचाल समितिको सदस्यमा अर्का प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताव शाह तोकिएका छन्।
उनीहरूलाई राप्रपाको धारणा जनसमुदायमा पु¥याउन गरिने सभा तथा प्रदर्शनको व्यवस्थापना गर्ने जिम्मेवारी दिइएको छ। साथै समितिलाई सभा तथा प्रदर्शन गर्नका लागि कार्यतालिका तोक्न र व्यवस्थापन गर्नसमेत अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन्। आन्दोलनलाई शान्तिपूर्ण, संगठित र सङ्ख्यात्मक रूपमा प्रभावशाली बनाउने पनि अध्यक्ष लिङदेनले बताएका छन् ।













