चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी

काठमाडौ । देशभर प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा आउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकारवालासँगको बैठकले सवारी सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानहरूमा रोकिएका सार्वजनिक सवारी अब पुनः सञ्चालन गरिनेछ। साथै, ढुवानीका मालवाहक सवारीसाधनलाई पनि सहज रूपमा सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरिएको छ।

दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएकाले यात्रुको चाप बढ्ने अनुमानसहित अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी पनि भइरहेको छ। यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ।

उक्त समितिमा यातायात व्यवसायी, मजदुर प्रतिनिधि र ट्राफिक प्रहरीसमेत रहनेछन्। समितिले चाँडै बैठक गरी टिकट बुकिङ खोल्ने मिति तय गर्नेछ। यस वर्ष घटस्थापना असोज ६ गते र बडादसैँ असोज १६ गते परेको छ। चाडपर्वको समयमा यात्रुहरूलाई सहज यात्रा व्यवस्था मिलोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।