राजा, राजनीतिक दल र युवाबीच नयाँ समझदारी आवश्यक छः अध्यक्ष लिङ्देन

User Image Prime TV News एक महिना अगाडि
Image of राजा, राजनीतिक दल र युवाबीच नयाँ समझदारी आवश्यक छः अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको जेनजी आन्दोलन केवल प्रधानमन्त्री परिवर्तनका लागि नभई देशमा शान्ति, स्थायित्व र युवाको अवसर सुनिश्चित गर्ने उद्देश्यले भएको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, “जनताको आक्रोश केवल तत्कालीन प्रधानमन्त्रीको बदलाब मात्रका लागि थिएन। यो विद्रोहले देशमा दीर्घकालीन समाधान र व्यवस्था सुधारको आवश्यकता दर्शाउँछ।”

अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक प्रणालीमा सुधार नगरी चुनावमा मात्र ध्यान दिनुले समस्यालाई टार्ने काम हुने चेतावनी दिए। उनले जेनजी आन्दोलनपछि दुई दिन नबित्दै भएको प्रतिगमनलाई उदाहरण दिँदै भने कि केवल निर्वाचन र व्यक्ति परिवर्तनले देशको मूल समस्याहरू समाधान हुँदैनन्।

लिङ्देनले राजा, राजनीतिक दल र युवाबीच नयाँ समझदारी कायम गर्न आवश्यक रहेको जोड दिए। उनले विगतमा यस्तो प्रयासलाई दलहरूले मजाक बनाएर उपेक्षा गरेको स्मरण गर्दै भने, “यदि सुधार नगर्ने हो भने भाग्नुपर्ने दिन आउन सक्छ भन्ने चेतावनीलाई उपेक्षा गरिएको थियो, र अहिले देशले त्यही अवस्था भोगिरहेको छ।”