मन्त्री घिसिङले ठेक्काअनुसार काम नगर्नेको सम्झौता तोड्ने दिए चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री घिसिङले ठेक्काअनुसार काम नगर्नेको सम्झौता तोड्ने दिए चेतावनी

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या देखिएकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको बिभिन्न क्षेत्रमा असर परेकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताए ।

मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गर्दै ठेकेदार कम्पनीका तर्फबाट रुग्ण भएका ठेक्का तोड्ने र कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा समेत छानविन गरेर कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिशोध साधेर ठेक्का तोड्ने सरकारको कुनै नियत नरहेको उल्लेख गर्दै मन्त्री घिसिङले गलत काम गर्नेलाई कारवाही र राम्रा काम गर्नेलाई पुरस्कृत गरिने जिकिर गरे ।