मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

User Image Prime TV News २ महिना अगाडि
Image of मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतमा नियमित रूपमा काम गर्नबाट रोक्न नहुने स्पष्ट निर्देशन दिएका छन्। अदालतले राप्रपाले मधेश प्रदेशसभामा पेश गरेको पत्रलाई पनि कार्यान्वयन नगर्न आदेश दिएको छ।

अदालतको आदेशअनुसार, बिच्छाले पद त्याग नगरेको र उनलाई गरिएको अनुशासनको कारबाही कानुन अनुसार वैध छ कि छैन भन्ने कुरा पछि परीक्षण गरिनेछ। यसैले हाललाई उनलाई पदमुक्त गर्न नहुने निष्कर्ष आएको हो ।