प्रचण्डले उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग दोहोर्याए
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग दोहोर्याएका छन्।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार जारी सन्देशमा प्रचण्डले भने, “सम्पत्ति छानबिनको माग मैले संसद्को रोस्टमबाटै गरेको थिएँ। आज यो दिवसको अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।”
उनले भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ अभियानकै रुपमा लड्नुपर्ने र यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। प्रचण्डले आफ्नो कार्यकालमा सुशासनका मानकहरू स्थापित गरेको र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्दा सरकार ढाल्ने षड्यन्त्र भएको आरोप पनि लगाए।














