एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स विच खेल हँदै

User Image Prime TV News एक महिना अगाडि
Image of एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स विच खेल हँदै

काठमाडौ । नेपाल प्रिमियर लिगमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स विच खेल हँदैछ ।

खेल साँझ ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । काठमान्डु लिग चरणमा ५ जित र २ हारका साथ १० अंकले तेस्रो स्थानमा उक्लिएको थियो । तर नेट रनरेट कमजोर हुँदा विराटनगर किंग्सभन्दा तल झर्नु पर्‍यो।

लुम्बिनी भने ४ जित र ३ हारको उतार–चढाव पार गर्दै ८ अंकसहित चौथो स्थानमा प्लेअफ प्रवेश गरेको हो। प्रारम्भिक पाँच खेलमा संघर्षग्रस्त देखिएको लुम्बिनीले अन्तिम तीन म्याच लगातार जितेर पुनरागमन गरेको थियो ।

लिग चरणको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरिसकेको थियो । जीत्ने टिमले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भिड्नेछ ।