काठमाडौँ विश्वविद्यालयले आज ३१औँ दीक्षान्त समारोह मनाउँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ विश्वविद्यालय आज ३१औँ दीक्षान्त समारोह मनाउँदै छ। पहिलो चरणमै २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुँदैछन्, जसमा १७ देशका १ सय ९६ विदेशी विद्यार्थीको सहभागिता छ ।
समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा हुने कार्यक्रम तयार भइसकेको छ। समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन सहभागी हुनेछन्।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त मन्तव्य दिने तय भएको जानकारी उपकुलपति प्रा. डा. अच्युत वाग्लेले दिएका छन्।
दीक्षित हुने विद्यार्थी संख्यामा मेडिकल साइन्समा ८८१ जना, म्यानेजमेन्टमा ३७८, इञ्जिनियरिङमा ३४०, एजुकेसन २९४, साइन्स १९७, आर्ट्स ८३ र ल ३६ रहेका छन्। आजकाे समारोहसँगै केयुबाट दीक्षित भइसकेकाको संख्या ५० हजार ४० पुगेको छ।












