सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पदबहाली
Prime TV News २ महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनः पद ग्रहण गरेका छन्।
अदालतको आदेश सार्वजनिक भएको दुई दिनपछि शाक्यले बुधबार बिहान प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन्। सर्वोच्च अदालतले सोमबार शाक्यलाई प्राधिकरणबाट हटाउने सरकारी निर्णय बदर गर्दै पुनर्बहालीको आदेश जारी गरेको थियो।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको बर्खास्ती आदेश गैरकानुनी भएको ठहर गर्दै पूर्वस्थितिमा फर्काउने फैसला सुनाएको हो। गत असोज ५ गते, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएका थिए।
उक्त निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए र आफ्नो पदमा पुनर्बहालीको माग राखेका थिए। सर्वोच्चको आदेशअनुसार उनी पुनः पदमा फर्किएसँगै प्राधिकरणभित्रको नेतृत्व विवाद अन्ततः कानुनी रूपमा टुङ्गिएको छ ।












