बजारमा फेरि सुन चाँदी महँगियो, कारोबारमा चहलपहल

User Image Prime TV News २ महिना अगाडि
Image of बजारमा फेरि सुन चाँदी महँगियो, कारोबारमा चहलपहल

काठमाडौ । नेपाली बजारमा सुन चाँदीको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु २०० ले बढेर रु २ लाख ५२ हजार १ सय पुगेको छ।

अघिल्लो दिन यसको मूल्य रु २ लाख ५१ हजार ९ सय थियो। मूल्यवृद्धिसँगै बजारमा कारोबार पनि सामान्य रूपमा सक्रिय देखिएको महासंघले जनाएको छ। विश्व बजारमा हुने उतार चढाव र माग आपूर्तिमा आएको परिवर्तनले स्थानीय बजारमै प्रभाव पारेको व्यापारीहरूको तर्क छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला रु ३६०० मा कारोबार भएको चाँदी आज रु ३७५० मा किनबेच भइरहेको महासंघले जनाएको छ। चाँदीमा उत्पन्न भएको रु १५० को वृद्धि पछिल्ला दिनमा स्थिर देखिएको चाँदी बजारमा पुनः सक्रियता देखिन थालेको संकेत मानिएको छ।

सुन चाँदी दुवैको मूल्य बढेसँगै लगानीकर्ताहरूले आगामी दिनमा अझै उतार चढाव देखिन सक्ने अनुमान  गरिएको छ ।