केपी ओलीका कारण गत भदौ २३ र २४ गते विध्वंस भयोः एमाले केन्द्रीय सदस्य सिंह

User Image Prime TV News एक महिना अगाडि
Image of केपी ओलीका कारण गत भदौ २३ र २४ गते विध्वंस भयोः एमाले केन्द्रीय सदस्य सिंह

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई अव्यवस्थित बनाएको आरोप लगाएका छन्।

बुधबार काठमाडौँमा आयोजित अन्तरसंवाद कार्यक्रममा सिंहले ओलीकै कारण पार्टीभित्र भएको भदौ २३ र २४ गतेको विध्वंस भएको बताएका छन्। सिंहले केही नेताहरू अझै ओलीलाई संकटमोचक नेता भनेर प्रचार गरिरहेको आरोप लगाए।

उनले ओलीकै कारण देशमा पनि अस्थिरता र बरबादी आएको भन्दै, संकटको कारणलाई समाधान जस्तो देखाउनु लज्जास्पद भएको टिप्पणी गरे। उनी भन्छन्, एकनाथ ढालहरूले अलग पार्टी बनाए पनि एमाले सांसद बन्न सक्ने अवस्था छ, तर त्यस्तो पार्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको छ।

सिंहले अब पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य भएको र महाधिवेशनका प्रतिनिधिहरूले विवेकपूर्ण निर्णय लिनु आवश्यक रहेको बताए।