एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि टुंग्यायो, बहस नेतृत्व चयनमा केन्द्रित रहने

User Image Prime TV News २ महिना अगाडि
Image of एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि टुंग्यायो, बहस नेतृत्व चयनमा केन्द्रित रहने

काठमाडौ । नेकपा एमालेले आफ्नो ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ। बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको सूचीलाई अन्तिम रुप दिएको हो ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार, महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २१५४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै, केन्द्रीय सल्लाहाकार परिषदका ३०९ सदस्य पनि महाधिवेशनमा उपस्थित रहनेछन्। महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ।

प्रतिनिधि व्यवस्थापन समितिको बैठकको सामुहिक तस्विर सामाजिक संजालमा पोष्ट गर्दै अधिकारीले लेखेका छन्, 'नेकपा(एमाले) एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लागेकोछ । प्रतिनिधि-व्यबस्थापन समितिको आज विहान बसेको बैठकले यो महाधिवेशनमा निर्वाचित, बिशेष र पदेन गरि २१५४ जना प्रतिनिधि रहनेगरी टुंग्याएकोछ । केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ । महाधिवेशनका सम्पूर्ण प्रतिनिधि तथा सहभागी कमरेडहरुलाई हार्दिक बधाई !'

यसअघि महाधिवेशन प्रतिनिधि छनोटका बिषयमा एमाले भित्र ओली र पोखरेल समुहविच मतभेद रहदै आएको थियो । पोखरेल समुहले महाधिवेशन प्रतिनिधी चयन प्रक्रिया सम्मत गर्न माग गर्दै आएको थियो । तर विवादका बिच प्रतिनिधि व्यवस्थापन समितिले टुङ्गो लगाएको हो । 

एमालेको ११ औ महाधिवेशनमा तेस्रो कार्यकालकालागि केपी ओली र ईश्वर पोखरेल विच प्रतिस्पर्धा हुने देखिएको छ । महाधिवेशन यहि म‌ंसीर २७ गते देखि सुरु हुदैछ ।