भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति, भन्सार कार्यालयहरू खुल्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच बुधवार भएको वार्तामा सहमति जुटेपछि देशभरका भन्सार कार्यालयहरू तत्काल खुल्ने भएका छन्।
यस सहमतिका अनुसार, भन्सार एजेन्टहरूले पुनः काममा फर्किने र आयात–निर्यात प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ। वार्तामा भन्सार ऐनको दफा ७१ 'झ' अन्तर्गत जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत सहजीकरण गर्ने विषयमा सहमति भएको छ।
यस ऐन अनुसार, घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा आवश्यक कागजात फरक रूपमा संलग्न गरेमा सो घोषणाअनुसार लाग्ने भन्सार महसुलको १० प्रतिशत जरिवाना बुझाएर मात्र वस्तु जाँच पास हुने व्यवस्था छ।
तर, वार्तामा दफा २० को उपदफा १० र ११ अनुसार तत्कालका लागि दण्ड जरिवाना छुट दिने सहमति भएको जनाइएको छ। सहमति अनुसार भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने, भन्सार एजेन्टले इन्ट्री र एक्जिट नोट स्वयं जारी गर्ने व्यवस्था समावेशको व्यवस्था मिलाइएको छ ।













