यो निर्वाचनले मुलुकलाई निकास दिदैनः लिङ्देन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बसेको सरकारले यथास्थीतिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभइ थप संकटमा ढकेल्ने बताए । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
लिङ्देनले जनताको बीचमा चरम अलोकप्रिय सावित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे । अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चूनाव जित्नेमात्रै नभइ देशलाई दिर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको उल्लेख गरे ।
यस्तै आफुले पार्टीको हितबिपरित कुनै पनि काम नगरेको दावी गर्दै पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान दिन नहुने बताए ।












