११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी योजनाबद्ध निर्णय: एमाले उपाध्यक्ष पोखरेल

User Image Prime TV News एक महिना अगाडि
Image of ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी योजनाबद्ध निर्णय: एमाले उपाध्यक्ष पोखरेल

काठमाडौ । नेकपा एमालेका अध्यक्षका प्रत्यासीका रूपमा अघि आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो निर्णय आकस्मिक नभई दीर्घ चिन्तन र योजनाअनुरूप भएको बताएका छन्।

बुधबार पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको पत्रकार अन्तर्क्रियामा उनले नेतृत्वमा दाबी गर्ने कुरा कुनै भावनात्मक क्षण वा आकस्मिक प्रतिक्रियाबाट जन्मिएको आरोपहरू असत्य रहेको प्रष्ट पारे। “यहाँ प्यानल बनाउने–नबनाउने भन्ने कुरा होइन,” उनले भने, “उम्मेदवारी दिने भन्ने विषय कुनै झ्वाँकमा गरिएको होइन, यो योजनाबद्ध निर्णय हो।”

पोखरेलले आफूले अध्यक्ष पदमा उठ्ने पार्टीभित्रै औपचारिक रूपमा राखिसकेको जानकारी दिए। उनले पार्टीको बैठकमा कुरा अघि सारेपछि नै त्यसलाई सार्वजनिक रूपमा अभिव्यक्त गरिएको वताए ।

“मैले पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराइसकेको छु,” उनले भने, “त्यसपछि मात्र बाहिर सार्वजनिक गरिएको हो।”