सरकार र जेनजी प्रतिनिधि बीच सम्झौतामा हस्ताक्षर हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकार र जेनजी प्रतिनिधिहरूबीच पछिल्ला दिनदेखि जारी संवाद आज औपचारिक निष्कर्षतर्फ उन्मुख भएको छ। दुवै पक्षबीच सहमति बनेपछि बुधबार साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ।
प्रधानमन्त्री कार्यालयले हस्ताक्षर कार्यक्रम सगरमाथा हलमा आयोजना गरिएको जनाएको छ। कार्यक्रमका सबै व्यवस्थापन सकिएको र दुवै पक्षका प्रतिनिधिहरू निर्धारित समयमा उपस्थित हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
सम्झौता हस्ताक्षर समारोहमा प्रधानमन्त्री सुशीला कार्की स्वयं उपस्थित रहने कार्यक्रमसूचीमा उल्लेख गरिएको छ। सरकार र जेनजीबीचको सहमति सार्वजनिक भएपछि पछिल्ला विवाद तथा दबाबका गतिविधि स्थिर हुने अपेक्षा गरिएको छ। सम्झौतामा के–के प्रावधान समावेश छन् भन्ने औपचारिक विवरण भने हस्ताक्षरपछि सार्वजनिक गर्ने बताइएको छ।












