एसिया कप क्रिकेटमा भारतद्वारा पाकिस्तान ३ विकेटले पराजित

User Image Prime TV News २ हप्ता अगाडि
Image of एसिया कप क्रिकेटमा भारतद्वारा पाकिस्तान ३ विकेटले पराजित

काठमाडौ । एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।  गएराति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको हो। टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो।

१२८ रनको लक्ष्य भारतले मात्र २५ बल बाँकी हुँदै १५ दशमलव ५ ओभरमा भेट्टाएको हो। भारतले उक्त लक्ष्य भेट्न मात्र तीन विकेट गुमाएको थियो। भारतविरुद्ध पाकिस्तानको सुरुआत नै खराब भयो।

दुई ओभरमा ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहानले सम्हालेका थिए। उनले ४४ बलमा ४० रन बनाउँदा र फखर जमनले १५ बलमा १७ रन जोडे। पूरै २० ओभर खेलेको पाकिस्तान ९ विकेटको क्षतिमा १२७ रनमा समेटिएको हो।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार ओभर बलिङ गर्दा तीन विकेट हात पारे। उनले मात्र १८ रन खर्चिए। जसप्रित बुम्राह र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे । जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान सूर्यकुमार यादवले नटआउट ३७ बलमा ४७ रन जोड्दा ओपनर अभिषेक शर्माले मात्र १३ बलमा ३१ रन बनाए।

उनको पारीमा दुई छक्का र चार चौका समावेश थियो। उसका लागि तिलक बर्मालेसमेत ३१ रन जोडे। भारतलाई रोक्न पाकिस्तानका लागि साइम अयुबले एक्लै तीन विकेट हात पारे।  यो जितसँगै भारत समूह ‘ए’को तालिकामा चार अंकसहित शीर्ष स्थानमा छ। भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो। दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ।