सरकार र जेनजी विच १० बुँदे विस्तृत सहमति ( सहमतिको पूर्णपाठ )

User Image Prime TV News एक महिना अगाडि
Image of सरकार र जेनजी विच १० बुँदे विस्तृत सहमति ( सहमतिको पूर्णपाठ )

काठमाडौ । नेपाल सरकारले ‘जेनजी’ जनआन्दोलनका माग सम्बोधन गर्न १० बुँदे विस्तृत सहमति गरेको छ।

भदौ २३ र २४ मा भएका आन्दोलनका विषयलाई टुङ्ग्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार औपचारिक कार्यक्रममार्फत सरकार र आन्दोलनकारी पक्ष बीच सम्झौता भएको हो।

सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित मन्त्रीहरू उपस्थित थिए भने आन्दोलनकारी समूहका प्रतिनिधिहरूले पनि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रमलाई सरकारले अत्यन्तै गम्भीर मोडको कदमका रूपमा व्याख्या गरेको छ।

सहमति अनुसार आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकलाई सरकारले ‘सहीद’ घोषणा गर्ने निर्णय लिएको छ। सहीद परिवारलाई क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क उपचार, परिवारका सदस्यलाई शिक्षा तथा रोजगारीको सुनिश्चितता राज्यले वहन गर्ने उल्लेख छ।

आन्दोलनकालीन घाउलाई समयले बिर्सन नदिन सहीदहरूको सम्मानमा ‘अर्थपूर्ण स्मृतिकरण’ कार्यक्रमअन्तर्गत स्मारक वा पार्क निर्माण गर्न पनि सहमति भएको छ।