१० बुँदे सम्झौता भएको केही मिनेटमा नै जनेजी समुह भित्रै विवाद
Prime TV News २ महिना अगाडि 
काठमाडौ । सिंहदरबारमा सरकार र ‘जेनजी’ जनआन्दोलनबीच भएको १० बुँदे सम्झौता भएको केही मिनेटमा नै जनेजी समुह भित्रै विवादको चपेटामा परेको छ।
सम्झौता हस्ताक्षरपछि प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेलगत्तै जेनजी प्रतिनिधिहरूबीच तिखो वादविवाद सुरु भएको थियो ।
कार्यक्रम सकिनासाथ एक युवतीले सम्झौता राष्ट्रपतिसँग किन नगरेको भनेर आक्षेप लगाइन्। त्यसपछि अर्का युवाले 'थोरै व्यक्तिले आन्दोलन कब्जा गरी कमजोर सहमति गरियो' भन्दै आरोप लगाए।
केही सहभागीहरूले पनि सम्झौताप्रति असहमति जनाएपछि वातावरण तनावपूर्ण बनेको थियो ।












