सरकार र जेनजी बिचको १० बुँदे सम्झौता कोसेढुङ्गा सावित हुने प्रधानमन्त्री कार्कीको विश्वास

User Image Prime TV News २ महिना अगाडि
Image of सरकार र जेनजी बिचको १० बुँदे सम्झौता कोसेढुङ्गा सावित हुने प्रधानमन्त्री कार्कीको विश्वास

काठमाडौ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधीबिच १० बुँदे सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले यसलाई नेपालको आगामी राजनीति र आन्दोलन संस्कृतिको मार्गदर्शक आधारभूत ढुङ्गा ठहरिने दाबी गरेकी छन्। 

कार्यक्रममा प्रधानमन्त्रीले जेनजी तथा शहीद परिवारका प्रतिनिधिसँग भएको सहमति तुरुन्तै लागू नहुँदा पनि दीर्घकालीन हिसाबले ऐतिहासिक दस्तावेज बन्ने विश्वास व्यक्त गरिन्।

सरकार माग सम्बोधनमा निरन्तर सक्रिय रहेको उनको भनाइ थियो। उनले नेपालको यो आन्दोलन विश्वभर अध्ययन योग्य विषय बन्ने दावी गर्दै, “नेपाल अब जेनजी आन्दोलनको अग्रज मुलुकको रूपमा चिनिनेछ,” भन्दै अन्य देशले समेत सहमति मोडेलको नक्कल गर्न सक्ने बताइन् ।