रोयल एनफिल्डको हन्टर ३५० नयाँ रङ र मोडल नेपाली बजारमा

User Image Prime TV News एक महिना अगाडि
Image of रोयल एनफिल्डको हन्टर ३५० नयाँ रङ र मोडल नेपाली बजारमा

काठमाडौ । रोयल एनफिल्डले नेपालमा हन्टर ३५० को नयाँ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौँमा आयोजित कार्यक्रमका बिच  बीएस भीआइ हन्टर ३५० सार्वजनिक गरेको हो  । कम्पनिका अनुसार नयाँ फीचर, नयाँ रङ र नयाँ अनुभवसहित मोडल उतारेको जनाएको छ ।

जसमा चार नयाँ ‘स्ट्रीट–इन्स्पायर्ड’ रङहरू  रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफाइट ग्रे उपलब्ध रहेका छन् । यसपटकको संस्करणमा स्लिप असिस्ट क्लच, परिमार्जित सस्पेन्सन, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प र ट्रिप नेभिगेटर जडान गरिएको छ।

३४९ सीसी जे–सिरिज इन्जिनसहित यो मोडेल २०२२ देखि विश्वभर ७ लाखभन्दा बढी राइडरको रोजाइमा परेको कम्पनीको दाबी छ। नेपालमा सिंगल टोनको रु ४,९४,९०० र डुअल टोन  रु ४,९९,९०० मुल्य राखिएको छ ।