तपाईको आजको राशिफल

User Image Prime TV News एक महिना अगाडि
Image of तपाईको      आजको राशिफल

दुर्वृत्तवृत्तशमनं तव देवि शीलं रुपं तथैतदविचिन्त्यमतुल्यमन्यैः ।

वीर्यं च हन्तृ हृतदेवपराक्रमाणां वैरिष्वपि प्रकटितैव दया त्वयेत्थम् ।।

देवी हजुरको शील दुराचारीहरुको नराम्रो कार्यलाई हटाइदिनेवाला छ । साथै यो रुप यस्तो छ कि जो कोही पनि चिन्तनमा आउन सक्दैन र जसको कहिल्यै पनि अरुवाट तुलना पनि गर्न सकिदैन तथा हजुरको बल र पराक्रमता ति दैत्यहरुको नास गर्नमा सामर्थ छ जो कहिल्यै पनि देवताहरुको पराक्रम नष्ट गरिसकेका थिए । यस्तो प्रकारले हजुरहरुले शत्रुहरुलाई दया नै प्रकट गर्नुभयो । यस्ती भगवतीलाई प्रातकालमा नमस्कार गर्दछु ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषकृष्णपक्ष सप्तमी तिथि मघा नक्षत्र मंसिर महिनाको २५ गते आज बिहिवार तदनुसार ११ डिसेम्वर २०२५ भद्रा करण मुशल योग, सिंह राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५५ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ४६ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ८ मिनेट साझमा रहेको छ ।

आजको राशिफल ।

मेष:- जिम्मेवारी प्राप्त भएपनि उपलब्धिका लागि प्रतिक्षा गर्नु होला छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउ सक्नेछ । अवसर आएपनि काममा हात हाल्नु अघि विचार पुर्याउनु होला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन् । थोरै लाभ भएपनि आवश्यकता पूरा हुनेछ । मध्यान्ह देखि साथीभाई सँग सन्तुलित व्यवहार गर्नु होला आफन्तहरु टाढिन सक्छन् । चिताएको कार्य विग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठयारो पार्न सक्छ ।

बृष:- अरुको बारेमा चासो र।ख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त हुनेछ आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला समयको गतिलाई पछयाउने प्रयास गर्नुहोला बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ ।

मिथुन:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । चोटपटक लाग्न सक्ने सम्भावना छ ।

कर्कट:- सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्षृ समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला ।

सिंह:-आत्तिने बानीले काम विग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला । आफूले बोलेको बोलीको गलत अर्थ लाग्नाले विवाद परिने छ मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ स्थायी सम्पतिमा पनि विवाद आउन सक्ने सम्भावना देखिन्छ अध्ययनको लगनशीलताले सोचे जस्तो परिणाम नआउन सक्छ । परिवारजनले दिइएका कुराहरुलाई सोच विचार गरेर अघि बढनु उपयुक्त हुनेछ । उपब्धिका लागि केही समय प्रतिक्षा गर्नुहोला ।

कन्या:- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएको कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।

तुला:-अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला आफ्नै बेहोसिले नोक्सान पुर्याउलां फजुल खर्च बढ्नुका साथै कार्य दोहोर्याउने स्थिति आउन सक्छ । चुनौतीहरु पन्छाउदै रोकिएका कार्य बनाउन सकिनेछ । बौद्धिकताको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ समयको गतिलाई पछयाउने प्रयत्न गर्नुहोला । अपरिचित व्यक्तिको सम्पर्कवाट सतर्क रहनु होला । ठूलो समारोहमा सरिक हुने अवसर मिल्नुका साथै मान्यजनवाट आशीर्वाद मिल्न सक्ने देखिन्छ ।

बृश्चिक:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

धनु:- व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहोर्याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउने समये छ । प्रतिद्वन्द्वीहरु पछि पर्ने छन् ।

मकर:- पहिलेको सफलताले हौसला जगाउने छ साथै आफ्नो कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ मनग्गे धन आर्जनको समय रहेको छ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । आफ्नो व्यक्तित्वमा आफ्नै कार्यशैलीले निखारता ल्याउने छ भने नयाँ कामको प्रस्ताव आउने छ तर भौतिक साधनको कमीले भने अप्ठ्यारो पार्न सक्छ । धेरैले आफ्नो कामको प्रशंसा गर्ने छन् ।

कुम्भ:- आफ्नावाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढनेछ समयमा होश नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नो वानीले गर्दा कार्य विग्रन सक्छन् । आकस्मिक खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । थोरै लगानीवाट धेरै मुनाफा उठाउन सकिने छ विभिन्न भौतिक साधन जुटने छन भने मध्यान्ह पछि दिगो फाइदा हुने  समय छ ।

मीन:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष लाभदायक रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनेछन् । आटेका काममा सफलता मिल्ने छ ।

-ज्यो घटराज निरौला