एनपीएलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of एनपीएलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौ । नेपाल प्रिमियर लिग दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन्।

त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुँदैछ । हार्ने टोली प्रतियोगितामैबाट बाहिरिने भएकाले दुबै टिमको लागि दबाब छ ।विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले हारेर आएको छ।

लुम्बिनी भने इलिमिनेटरमा प्रभावशाली प्रदर्शन गर्दै आएको टिम हो। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा टोलीले पछिल्लो खेलमा देखाएको संयम र आक्रमणले उनीहरूलाई आजको खेलमा पनि बलियो दावेदार बनाएको छ।

खेलमा बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र लुम्बिनीका शेर मल्ल। यी दुवै स्पिनरको लय चलेमा खेल एकपक्षीय बन्न पनि सक्छ। ब्याटिङमा विराटनगरसँग अंतर्राष्ट्रिय स्टार मार्टिन गप्टिल र फाप्लु जस्ता खेलाडी छन् । लिग चरणमै लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराइसकेको थियो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलको प्रदर्शन खेलको मेरुदण्ड बन्नेछ। आजको विजेताले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।