अमेरिकाद्वारा भेनेजुएलाको तटबाट तेल ट्यांकर कब्जा

User Image Prime TV News २ महिना अगाडि
Image of अमेरिकाद्वारा भेनेजुएलाको तटबाट तेल ट्यांकर कब्जा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तट नजिकैबाट अमेरिकन फोर्सले “अहिलेसम्म कै सबैभन्दा ठूलो” भनेर वर्णन गरिएको तेल ट्यांकर कब्जा गरेको घोषणा गरेका छन्। 

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले भर्खरै एउटा विशाल ट्यांकर कब्जा गरेका छौँ। यो साँच्चिकै ठूलो–अघिसम्म कब्जा गरिएकाभन्दा पनि ठूलो।” 

यसैबीच, अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सार्वजनिक गरिन्। भिडियोमा देखिएको दृश्यमा अमेरिकी सुरक्षा फोर्स ट्यांकरमा चढिरहेको जस्तो देखिन्थ्यो । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासन र ट्रम्प प्रशासनबीच पहिलेदेखिकै तनाव अब फेरि बल्झिएको छ । यसअघि ट्रम्पले पोलिटिकोसँगको अन्तर्वार्तामा मादुरोको शासन अब धेरै समय टिक्दैन भन्ने ठोकुवा गरेका थिए।