आजको नयाँ विनिमय दर सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of आजको नयाँ विनिमय दर सार्वजनिक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा रहेको छ।

अस्ट्रेलियन डलरको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। क्यानडियन डलरको मूल्य पनि उस्तै चर्को देखियो—खरिद १०३ रुपैयाँ ७१ पैसा र बिक्री १०४ रुपैयाँ १५ पैसा।

युरोपेली युरोको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा पुगेको छ। बेलायती पाउन्ड भने अझै महँगो छ । खरिद १९१ रुपैयाँ २० पैसा र बिक्री १९२ रुपैयाँ।

राष्ट्र बैंकले आवश्यक परे विनिमय दरमा जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा थोरै भिन्नता आउन सक्ने बताइएको छ ।