बेलायतमा आप्रवासी विरोधी अभियान तीव्र, झण्डै एकलाख ५० हजार प्रदर्शनकारी सडकमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of बेलायतमा आप्रवासी विरोधी अभियान तीव्र, झण्डै एकलाख ५० हजार प्रदर्शनकारी सडकमा

काठमाडौ । बेलायतमा झण्डै एकलाख ५० हजार प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोकेर प्रदर्शनका उत्रिएकाछन । आधुनिक समयमा बेलायतमा भएको दक्षिणपन्थी प्रदर्शनहरूमध्ये यो सबैभन्दा ठूलो थियो ।

प्रदर्शनकारीहरूले बेलायतको युनियन झण्डा र इङ्गल्याण्डको रातो र सेतो सेन्ट जर्ज क्रस बोकेका थिए । आप्रवासी विरोधी कार्यकर्ता टमी रोबिन्सनद्वारा आयोजित ‘युनाइट द किंगडम’ रयालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भयो ।

लन्डन महानगरीय प्रहरीले उक्त आप्रवासी विरोधी प्रदर्शनमा २६ प्रहरी घाइते भएका र २५ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको जनाएको छ । हालैका महिनामा जनमत सर्वेक्षणहरुमा शीर्ष स्थानमा रहेको बेलायतको सबैभन्दा ठूलो आप्रवासी विरोधी राजनीतिक दल रिफर्म यूके भने रोबिन्सनबाट टाढा छ ।

किनकि उनीमाथि धेरै आपराधिक अभियोगहरू छन् र उनले कम्तिमा पाँच पटक जेल सजाय भोगिसकेका छन् । लन्डन उपनगरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार  गरेको आरोपमा एक इथियोपियाली पुरुष दोषी ठहरिएपछि यस समरमा शरणार्थीहरू बस्ने होटल बाहिर धेरै विरोध प्रदर्शन भएका थिए ।

रबिन्सनको पछिल्लो ‘युनाइट द किंगडम’ र्याली त्यसैबाट विजारोपण भएको ठानिन्छ । उनले मार्चलाई अभिव्यक्ति स्वतन्त्रता, ब्रिटिश सम्पदा र संस्कृतिको प्रदर्शनको रूपमा चित्रित गरे । उनले यो राष्ट्र निर्माण गर्ने बेलायती भन्दा आप्रवासीहरूको अदालतमा बढी अधिकार छ भन्ने दाबी गर्दै भीडलाई उत्तेजित पारेका थिए ।