दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

दाङ । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटनामा पर्दा २२ जना घाइते भएका छन्।

ना ८ ख ७४५५ नम्बरको उक्त बस लमही नगरपालिका–१ को कौडिया पुल नजिक आइतबार बिहान करिब ३ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार बसको पट्टा भाँचिँदै गर्दा सन्तुलन गुमी पुलको सडकबाट तल खसेपछि दुर्घटना भएको हो। प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था सामान्य छ भने १७ जनाको अवस्था मध्यम रहेको छ। घाइते सबैलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।

बसमा चालकसहित ३७ जना सवार थिए। घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार कार्य गरेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।