सुन–चाँदीको मूल्य फेरि उक्लियो, चाँदीले बनायो नयाँ रेकर्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य उक्लिँदै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले वृद्धि भई २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ। हिजो यसै बेला सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँ थियो।
सुनको मूल्य यसअघि असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च स्तर कायम गरेको थियो। त्यसयता उतार–चढाव भइरहे पनि पछिल्ला दिनमा बजार पुनः महँगो हुँदै गएको महासंघको भनाइ छ। उता, चाँदी भने लगातार नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ।
बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको छ। अघिल्लो दिन यसको कारोबार मूल्य ३ हजार ७५० रुपैयाँ थियो।













