गोवाको नाइटक्लबमा भएको आगलागीमा परी निधन भएका नेपालीको शव परिवारलाई हस्तान्तरण
Prime TV News २ महिना अगाडि 
काठमाडौ । भारतको गोवा स्थित एक नाइटक्लबमा लागेको आगलागीमा परि निधन भएका नेपाली नागरिकको शब परिवारलाई हस्तान्तरण गरिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार, मृतकमध्ये चार जनाको शव मंगलबार र बुधबार नेपाल ल्याइएको छ भने एकजनाको शव परिवारले भारतमै बुझेर हरिद्वारमा अन्त्येष्टि गरिसकेका छन्। सो आगलागीमा पाँच नेपाली नागरिकको मृत्यु भएको थियो ।
मृतकहरूमा दाङ घोराहीका चूर्णबहादुर पुन, सिन्धुली दुधौलीका लीलबहादुर कटवाल , झापाका सविन विश्वकर्मा, डडेलधुराका मनोज झोरा र टिकाराम विक रहेका छन्। दुधौलीका विवेक क्षेत्री आगलागी हुनुअघि पाँच वर्षदेखि गोवाको नाइटक्लबमा काम गर्दै आएका थिए।
गोवाका अग्नि नियन्त्रक प्रमुख नितिन भी. राइकरका अनुसार पार्टीको क्रममा गरिएको ‘फायर शो’ का कारण आगो काठको संरचनामा फैलियो र धुवाँले भवनभरि फैलिँदा धेरै व्यक्तिहरू बाहिर निस्कन नसकेको वताए । यस दुर्घटनामा जम्मा २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।













