अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएपछि जेनजी समूहको बालुवाटारमा प्रदर्शन, जेनजी अगुवा सुदन गुरुङ पनि असन्तुष्ट ।


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् ।
आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ। जेनजीका अगुवा सुजन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ।
केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्। अन्य नाममा विवाद नगरेका उनीहरुले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्। अर्यालविरुद्धको यो आवाज र विवादसँगै उनी मन्त्री नबन्दै विवादमा तानिएका छन्।