संसद भवनको अवस्था देखेर दुःख लागेको छः पूर्व राष्ट्रपति भण्डारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद भवनको अवलोकन गरेकीछन् ।
बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
संसद भवनको अवलोकन गरेपनि भण्डारीले आफुलाई संसद भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् । जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो ।
ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ ।













