नेप्से साताको अन्तिम दिन ओरालो, २६०७ बिन्दुमा बन्द, करिब ३.५ अर्बको कारोबार
Prime TV News २ महिना अगाडि 
काठमाडौ । साताको अन्तिम दिन नेप्से परिसूचकमा गिरावटसहित बन्द भएको छ।
बिहीबारको कारोबार समाप्त हुँदा नेप्से १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा रहेको छ। बजारमा आज उतार–चढाव स्पष्ट देखिएको छ। १४९ कम्पनीको सेयर मूल्य घट्दा ९८ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनी अपरिवर्तित रहे। यद्यपि सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले वृद्धि भई ४४६.३० बिन्दुमा पुगेको छ।
१३ मध्ये ८ उपसूचक राताम्मे भए भने ५ उपसूचकमा हरियो संकेत देखा परेको छ। कारोबारको हिसाबले बजार केही सक्रिय देखियो। आज ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक कारोबार हुँदा कुल मूल्य ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँ पुगेको छ।
यसक्रममा दुई कम्पनीका सेयर मूल्यले सकारात्मक सर्किट हिट गरेका छन् । विश्लेषकहरूका अनुसार साताको अन्तिम दिन सूचकमा देखिएको सामान्य गिरावटलाई ‘स्वाभाविक करेक्सन’का रूपमा लिइएको छ, तर कारोबार मूल्य स्थिर रहनुले बजारको समग्र मनोबल सकारात्मक रहेको देखिन्छ।












