नेपाली कांग्रेस डडेलधुराले देउवाको एकल नाम सिफारिस
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ। जिल्ला सभापति भीमबहादुर साउदका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा देउवाको मात्र नाम सिफारिस गरिएको हो।
साउदले भने, “उहाँले आफैं चुनाव लड्ने वा नलड्ने विषयमा कुनै इच्छा जाहेर गर्नुभएको छैन। जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार उहाँको सम्मानमा र जिल्लावासीको आग्रहअनुसार एकल नाम सिफारिस गरिएको हो।”
उनले थपे, “देशको पाँचपटक प्रधानमन्त्री भइसकेका र डडेलधुरा मात्र नभई सुदूरपश्चिम क्षेत्रको विकासमा योगदान पुर्याएका व्यक्तिको प्रतिस्पर्धी अरू पार्टीबाट नभएको अवस्थामा जिल्लाबाट देउवाको एकल नाम सिफारिस गर्नु उपयुक्त ठानिएको हो।”
देउवाले ०४८ सालदेखि डडेलधुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। उनले हरेक चुनावमा विजयी हुँदै पाँचपटकसम्म प्रधानमन्त्री पद सम्हालेका छन् ।













