सरकार र जेनजी विचको सम्झौता राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले जेनजी संग भएको सम्झौतालाई अनुमोदन गरेको छ ।
सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी बिचको सम्झौतालाई अनुमोदन गरेको हो । सरकार र जेनजी विच हिजो सम्झौता भएको थियो । बैठकले जेनजी संग भएको सहमतीलाई राजपत्रका प्रकाशित गर्ने निर्णय गरेको छ ।
सरकार र जेनजी विच हिजो सहमती भएको थियो । सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार सरकार र जनेजी विच भएको सम्झौता राजपत्रमा प्रकाशित भए संगै सम्बन्धित मन्त्रालयहरुले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हाे ।













